सोमबार एकैदिन थप २२६ मा कोरोना संक्रमण पुष्टि
जेष्ठ १९, २०७७ | काठमाडौं
सोमबार एकैदिन थप २ सय २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको जानकारी दिनुभयो ।