तेस्रो लागानी सम्मेलन आजबाट सुरु, ५५ देशका लगानीकर्ता सहभागि

वैशाख १६, २०८१ | काठमाडौं

स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित अन्तराष्ट्रिय लगानी सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

भोलीसम्म चल्ने सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागि छन् । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो ।

अन्तराष्ट्रिय लगानी सम्मेलनमा सरकारले संघ, प्रदेश र स्थानीय एवं निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गरिएको छ । करिव ९ खर्ब रुपैयाँका आयोजनालाई प्रस्तुत गरिएको लगानी बोर्डले जनाएको छ ।

सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य, शिक्षा लगायतका विविध क्षेत्रका परियोजनालाई राखिएको हो । सरकारका तर्फबाट १ सय १९ र निजी क्षेत्रका ३१ वटा परियोजना प्रस्तुत गरिएका छन् ।

लगानीका लागि सहज र सरल वातावरणसंगै सफल व्यवसाय तथा असल अभ्यासलाई विश्वमाझ लैजान ती परियोजनाहरु राखिएको अर्थमन्त्री वर्षमान पुनले बताउनुभयो ।  


प्रतिक्रिया