रामेछापमा दुई समूहबीच झडप हुँदा ८ घाईते

कार्तिक २४, २०७५ | रामेछाप

रामेछापको मन्थलीमा गएराति दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । मन्थली नगरपालिका ७ भटौलीमा गएराति युवाहरुबीच भएको झडपमा परि ८ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पूर्णबहादुर माझी, समिर माझी, सोममाया माझी, चन्द्रमाया माझी, मिलन माझी, खेमबहादुर माझी र सन्तोष माझी र सन्तोष माझी नाम गरेको दुई जना घाईते भएका छन् । घाईते सबैलाई थप उपचारका लागि काठमाडौं पठाईएको छ ।

कुटपिटमा संलग्न बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तबहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझी फरार छन् ।

कुटपिटमा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुरानो दुश्मनी कारण उक्त घटना भएको स्थानीयले जनाएका छन् । 


प्रतिक्रिया