कैलाली ३ (१) नागरिक उन्मुक्तिका चौधरी विजयी
मंसिर ७, २०७९ | धनगढी
कैलालीको निर्वाचन क्षेत्र ३ (१) मा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसका खेमराज डगौरा थारुलाई २ हजार ३५१ मतान्तरले पराजित गर्दै चौधरी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
चौधरीले १३ हजार ९ सय २३ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्वन्द्वी काग्रेसका खेमराज डगौरा थारुले ११ हजार ५ सय ७२ मत प्राप्त गर्नुभयो । यस्तै, कैलाली क्षेत्र नम्बर ३ (२) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार खुशीराम डगौरा थारु निर्वाचित हुनु भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार अमर बहादुर साउदलाई ९२० मतान्तरले पराजित गर्दै थारु प्रदेश सभा सदस्यमा निर्वाचित हुन भएको हो । थारुले ७ हजार ५ सय ३९ मत प्राप्त गरी विजयी हुनु भएको । उहाँका निकटतम प्रतिवद्वन्द्वी एकीकृत समाजवादीका अमर बहादुर साउदले ६ हजार ६ सय १९ मत प्राप्त गर्नुभयो । सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी निर्वाचित भईसक्नु भएको छ ।
कैलालीका ५ वटा निर्वाचन क्षेत्रका १० वटा प्रदेश क्षेत्रमा भईरहेको मतगणनाको कार्य मध्ये क्षेत्र नम्बर ३ को सकिएको छ । कैलाली क्षेत्र नम्बर १ को (१) र (२) मा पनि सोही पार्टीकै उम्मेदवारले अग्रता लिईरहेका छन् ।
क्षेत्र नम्बर ४ (१) मा एकीकृत समाजवादीका दीर्घ सोराडी र (२) मा नेपाली कांग्रेसका प्रकाश बमले अग्रता कायम गर्नु भएको छ । क्षेत्र नम्बर ५ (२) मा कांग्रेसका प्रकाश बमले फराकिलो मतान्तरमा अग्रता लिनु भएको छ भने क्षेत्र नम्बर ५ (१) मा एमालेका नेपालु चौधरी अगाडि हुनुहुन्छ ।







