सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु

फाईल फोटो  

चैत्र २५, २०७९ | सल्यान

 सल्यानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका १ दमाचौरमा ईन्टरनेट लाईन विस्तारका क्रममा शारदा नगरपालिका २ डाडागाउँका ४२ वर्षीय प्रलाद शाहको करेन्ट लागेर मृत्यु भएको हो ।

लाईन विस्तारका क्रममा केरेन्ट लागेर गम्भिर घाईते भएका शाहको उपचारकालागि जिल्ला अस्पताल सल्यान लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनुभयो ।

प्रहरीका अनुसार मृतक शाह शारदा नगरपालिका १ श्रीनगरस्थित ईन्टरनेट सेवा प्रदायक वर्डलिंकको कार्यालयमा कार्यरत थिए । शाहको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया