माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, एक घाईते

वैशाख ३, २०८० | सल्यान

माटोको ढिस्कोले पुरिएर सल्यानमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बाग्चौर नगरपालिका २ ठिनबाङ्ग खोलामा बा २ क २४०० नम्बरको हमाल कन्ट्रक्सनको जेसिवीले तारजाली भर्ने खाडल खन्दा सडकमा काम गरिरहेका मजदुर बाग्चौर नगरपालिका १ धारापानीका १७ वर्षिय नविन केसी र २५ वर्षिय राजन बस्नेत घाईते भएका थिए । 

 घाईतेमध्ये केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता तथा सुचना अधिकारी प्रहरी निरिक्षक गोपाल श्रेष्ठले बताउनुभयो । गम्भिर घाइते बनेका केसीलाई उपचारको लागि जिल्ला अस्पताल पुर्‍याइएको र चिकित्सकले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।

करिब ३ मिटर माथिबाट खसेको माटोको ढिस्कोले पुरिएका दुबैको स्थानीय, प्रहरीको सहयोगमा तत्काल उद्धार गरिएपनि केसीको अवस्था भने गम्भिर थियो । अर्का घाईते बस्नेतको अहिले स्थानीय जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । 


प्रतिक्रिया