सल्यानमा रक्तस्रावका कारण सुत्केरीको मृत्यु

फाईल फोटो  

वैशाख १५, २०८० | सल्यान

सल्यानमा अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएको छ । कुमाख गाउँपालिका ५ कालागाउँकी ३० वर्षीया गीता विकको अत्याधिक रक्तश्रावका कारण मृत्यु हो ।

उपचारको लागि जिल्ला अस्पताल सल्यान लैजादै गर्दा बाटोमानै उनको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका ईन्चार्ज डाक्टर अभिषेक सिंहले बताउनुभयो । सिंहका अनुसार विक एक महिना अघि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिईन ।

१५ दिन अघि रक्तस्राव भएपछि रगत चढाउँदा ठिक भएकी गीतालाई पछिल्लो केही दिन यता लगातार रक्तस्राव भएपछि समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको अस्पतालका ईन्चार्ज डा. सिंहको भनाइइ छ ।

जिल्ला अस्पताल सल्यानमा अहिलेसम्म ब्लड बैंक संचालनमा आउन सकेको छैन, यद्दपी सुत्केरी महिलालाई रक्तश्राव भएमा ढिला नगरी तत्काल जिल्ला अस्पताल ल्याउन अस्पतालले आग्रह गरेको छ ।  


प्रतिक्रिया