शारदा नगरपालिकाले पढाई मेला गर्दै

जेष्ठ १३, २०८० | सल्यान

सल्यानको शारदा नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा अध्ययन मेला गर्ने भएको छ । वालवालिकामा पठनपाठन बानीको विकास गर्न भन्दै खलंगाको लुहापिङ्गस्थित जिल्लाकै सबै भन्दा पुरानो त्रिभुवन जन माध्यामिक विद्यालयमा पढाई मेला गर्न लागेको हो । मेला संचालनका लागि नगरपालिकालाई शिक्षासंग सम्बन्धित कार्यक्रम रुम टु रिड नामक संस्थाले सहयोग गरेको छ ।

नगरपालिका भित्र ५७ सामुदायिक र ११ नीजि गरी ६८ विद्यालय छन् । नगरभित्रका २० भन्दा बढि विद्यालयबाट विकास गरिएका वाल केन्द्रित , नविनतम र आकर्षक पठन सामग्री, बाल खेल सहितका स्टल राखिने छन् । पढाई मेलामा नगर भरीका सबै विद्यालयका एक हजार विद्यार्थीको सहभागिता हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया