खडेरीले किसानले लगाएका मकैबाली सुक्न थाले

जेष्ठ २६, २०८० | सल्यान

लामो समयदेखि परेको खडेरीका कारण सल्यानको कालिमाटी गाउँपालिका लगायत अन्य पालिकाका किसानले चैतको अन्तिम र बैशाखको पहिलो सातामा लगाएको मकै बाली सुक्न थालेको छ । एकातिर समयमै बर्षात नभएको र अत्यधिक गर्मिका कारण खोला समेत सुक्दै गएपछि सिचाईको अभावमा किसानले लगाएको मकैबाली सुक्न थालेको हो ।

कसैका सानैमा त कसैका दाना लाग्ने बेलामा मकै बाली सुक्न थालेपछि जिविकोपार्जनमा कठिनाई हुने भएकाले किसान चिन्तित भएका छन । साता भित्र बर्षात नभए बाली पुर्ण रुपले सुक्ने मात्र नभई उखेलेर फाल्ने हुने किसानले बताएका छन । खडेरीका कारण मकैबलीमा सुक्न बाट बचाउन सिचाईको लागि उचित ब्यवस्था मिलाउन किसानले सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् । आकासे पानी तथा सिचाईको भरमा विगतदेखि गहु काटेपछि सधै आफ्नो ८ रोपनी जग्गामा मकैबाली लगाउँदै आएका कालिमाटी गाउँपालिका ५ का डम्मर बोहराले अत्यधिक गर्मिका कारण खोलामा समेत पानी सुकेकाले सिचाई गर्न नपाउँदा फल लाग्ने समयमा र भर्खर छ/सात पाते भएका सबै मकै सुकेको बताए । 

१० रोपनीबाट ४/५ मुरी मकै उत्पादन हुने र विक्रि गरेर बार्षिक ५० हजार कमाई हुने भएपनि यसपाली सुक्दै गएकाले बाली नै भित्रयाउन नपाउने अवस्था आउन थालेको उनले बताए । उनका अनुसार खडेरीले मकै बाली सुक्न थालेपछि घाटा मात्र नभई जिविकोपार्जनमा समेत असर पर्ने देखिएको छ ।  


प्रतिक्रिया