लहान नगरपालिकाले १ अर्ब १६ करोड २२ लाखको बजेट ल्यायो

असार १०, २०८०

जिल्लामैं सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब १६ करोड २२ लाख ८ हजार रुपैयाँ बराबरको बजेट आइतबार सार्वजनिक गरेको छ ।

नगरपालिकाको १२ औं नगरसभाले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ भन्ने नारालाई मूल मन्त्रको रुपमा लिदै नगरको विकासमा पाइला अगाडि सार्ने जमर्को गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख चौधरीले पूर्वाधार एवं शहरी विकास, कृषि तथा सिँचाइ लगायत आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउँन स्थानीय उत्पादनलाई बढावा दिनेगरी नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिनुभयो ।

त्यसका लागि कृषिमा यान्त्रिकिकरणको लागि नगरपालिका भित्रका कृषकहरुलाई सहुलियत दरमा कृषि उपकरणहरुको सेवा उपलब्ध गराउन कस्टम हाइरिंग सेन्टर स्थापना गरिने उहाँले बताउनुभयो ।

यसैगरी सिरहाका १७ पालिकामध्ये ११ वटा पालिकाले आइतबार सभा गरेका छन् । सिरहा नगरपालिका, सुखिपुर, कर्जन्हा नगरपालिका, अर्नामा गाउँपालिकाले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । 


प्रतिक्रिया