पाल्पाको छहरामा राती अवतरण गर्न सक्ने हेलिप्याड निर्माण

असार २७, २०८० | पाल्पा

पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४, छहरा तिलकथान पार्क क्षेत्रमा रात्रीकालिन समयमा अवतरण गर्न सक्ने हेलिप्याड निर्माण भएको छ । नेपाली सेनाको दि फेमस महिन्द दल गणले निर्माण गरेको हेलिप्याडको मध्यपश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल र गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले आज उद्घाटन गर्नुभयो ।

जुनसुकै विपद्का बेलामा दुर्गममा निर्माण भएको हेलिप्याड स्थानीय जनताका लागि महत्वपूर्ण हुने पृतनापति उपरथी ढकालले बताउनुभयो । विपद् व्यवस्थापन सवालमा विपद् प्रतिकार्यको काम गर्न नेपाली सेना सधै तयार रहेको र गाउँपालिकाले विपद्का लागि सहयोगीे सामग्री खरिद गरेर तयारी अवस्थामा राख्नुपर्नेमा उहाँको भनाई थियो । ८ लाख ४५ हजार रुपैया बरारबको बजेटमा निर्माण भएको हेलिप्याडबाट रैनादेवी छहरा, रिब्दीकोटका साथै नजिकको अर्घाखाँचीका बासिन्दाका लागि समेत फाइदा पुग्ने बताइएको छ ।  


प्रतिक्रिया