अपराध नियन्त्रण गर्न सल्यानमा प्रहरीद्वारा स्टिकर अभियान संचालन

श्रावण १, २०८० | सल्यान

जिल्ला प्रहरी कार्यालय सल्यानले स्टिकर अभियान संचालन गरेको छ । समाजमा हुने विभिन्न किसिमका अपराध नियन्त्रणका लागि जिल्लाका सबै पालिकामा एक कार्यक्रम गरी घरघरमा फोन नम्बर सहितका स्टिकर टाँसेर अभियान संचालन गरिने प्रहरीले जनाएको छ ।

अभियान अन्तर्गत जिल्लाका १० स्थानीय तहका ५४ हजार ७ सय १ घरधुरीमा स्टिकर टाँसिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नयव उपरिक्षक दामोदर केसीले बताउनुभयो । सुरक्षित कर्णाली प्रदेश अभियान २०८० घरघरमा प्रहरीको फोन नम्बर भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको केसीले जानकारी दिनुभयो । 


प्रतिक्रिया