ढुंगा खस्दा राप्ती राजमार्ग अवरुद्ध

श्रावण ७, २०८० | सल्यान

अविरल वर्षापछि पहराको ढुंगा खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–५ टुनीबोटस्थित वर्षाका कारण ठूलो ढुंगा खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा सो राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । सम्बन्धित निकायको सहयोगमा सडकमा खसेको ढुंगा हटाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


प्रतिक्रिया