सरकारमा गएपछि माओवादी र जनताको सम्बन्ध चिसिंदै : प्रधानमन्त्री प्रचण्ड

फाइल फोटो  

श्रावण ३२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सहकार्य र एकताको सन्देश सहित मुलुकलाई नयां युग तिर लैजान आवश्यक रहेको बताउनु भएको छ । रामेछापको दोरम्बा शैलुङ गाउंपालिकामा आज आयोजित २० औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा लोकतान्त्रिक गणतन्त्र सहितको व्यवस्था ल्याउन सफल भएपनि जनताले अपेक्षा गरे बमोजिमको अवस्थामा परिवर्तन ल्याउन नसकेको बताउनुभयो । मुलुकमा स्थायी शान्ति सुशासन र सम्बृद्धिका लागि धेरै काम गर्न बांकी रहेको उहांको भनाई थियो । 

मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न आफ्नो नेतृत्वको सरकार लागिरहेको उहांले बताउनुभयो । वर्तमान गठवन्धन सरकार मुलुकमा भ्रष्टाचार अन्त्य गरी शुसासन र विकासका लागि अघी बढीरहेको भन्दै उहांले गठवन्धनमा कुनै समस्या नभएको उल्लेख गर्नुभयो । शान्ति प्रकृयाको बांकी काम सम्पन्न गर्न सरकार क्रियाशिल रहेको उहांले बताउनुभयो । दोरम्बा हत्याकाण्ड शान्ति प्रकृया भाड्नका लागि गराइएको सुनियोजित र कायरतापूर्ण हत्याकाण्ड भएको भन्दै दाहालले सो घटना मानवअधिकारका दृष्टिले जघन्य अपराधको रुपमा विश्वमा कहलिएको उल्लेख गर्नुभयो । 

फरक प्रसंगमा प्रधानमन्त्री दाहालले सरकारमा गएपछि माओवादी र जनताको सम्बन्ध चिसिंदै गएकोमा चिन्ता प्रकट गर्नुभयो । 


प्रतिक्रिया