पठनपाठन नभएको भन्दै विद्यार्थीद्वारा विद्यालय तालाबन्दी

भाद्र ६, २०८० | सल्यान

पठनपाठन नभएको भन्दै सल्यानको बाग्चौर नगरपालिका–७ टाटकेस्थित बालकन्या माविमा तालाबन्दी गरिएको छ । शिक्षक नभएका कारण पठनपाठनबाट वञ्चित भएको आक्रोशमा विद्यार्थीहरुले नै विद्यालयमा तालाबन्दी गरेका हुन् ।

सम्बन्धित निकायले शिक्षकको ब्यवस्था नगर्दासम्म विद्यालयमा लगाइएको ताला नखोल्ने उनीहरुले बताएका छन् । पढ्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरुले तत्काल शिक्षकको व्यवस्थापन गर्न दबाब स्वरुप विद्यालयमा तालाबन्दी गरिएको बताएका छन् । 


प्रतिक्रिया