सल्यानमा तरकारी बोकेको जिप दुर्घटना, २ को मृत्यु

आश्विन ८, २०८० | सल्यान

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । 

दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका–१८ का २५ वर्षीय जिप चालक भक्तबहादुर घर्ती र सवारी धनी ५० वर्षीय गणेश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो । 

रोल्पाबाट दाङतर्फ जाने क्रममा राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै बिहान साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको जिस दुर्घटनामा परेको थियो । 

घाईते तुलसीपुर उपमहानगरपालिका–२ का ३५ वर्षीय नारायण योगीलाई उपचारको लागि प्रादेशिक अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । तरकारी बोकेको जिप अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया