सल्यानमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १४ जना घाइते

आश्विन २०, २०८० | सल्यान

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाईते भएका छन् । चार जनाको अबस्था गम्भिर छ । दाङको तुलसीपुरबाट सल्यानका लागि छुटेको यात्रुबाहक बस राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ मुलपानी स्थित बनस्पती कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ६ का ३१ बर्षीया सुमित्रा सुनार र सल्यानको त्रिबेणी गाउँपालिका–६ की ४० वर्षीया अनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसमा २१ जना सवार थिए । 


प्रतिक्रिया