कुटपीटबाट एक बृद्धको मृत्यु

पुस २५, २०८० | सिरहा

सिरहामा कुटपीटबाट एक बृद्धाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१ सोनापुरका रुखको हाँगा काट्ने विषयमा विवाद हुँदा आफ्नै भाई गंगाप्रसाद यादव र भतिज जिवछको कुटाईबाट ६८ वर्षिय हेम प्रसाद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिनुभयो । कुटपीटबाट गम्भीर घाईते हेमप्रसादको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो । कुटपीटमा संलग्न फरार दुवैजनाको खोजी भईरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया