लमजुङको दोर्दी जिप दुर्घटनामा घाइते भएकाको मृत्यु

माघ ८, २०८० | लमजुङ

जिप दुर्घटनामा घाइते भएका लमजुङको दोर्दी गाउँपालिका–४, बाँसबोटका ५० वर्षीय पूर्णबहादुर तामाङको मृत्यु भएको छ । दोर्दी–४ नौथर सेराबाट कामचोक जाँदै गरेको गरेको ग १ ज ७५६१ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका तामाङको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिनुभयो । हिजो जिप पल्टिएर दुर्घटनामा परेर ३ जना घाइते भएकोमा तामाङको अवस्था गम्भीर थियो । दुर्घटनामा परि घाइते दोर्दी–४ की ५३ वर्षीया गंगामाया गुरुङ र ४७ वर्षीया मुनी तामाङको लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया