गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा नियुक्त

वैशाख ४, २०८१ | कास्की

गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा श्रीकान्त खतिवडा नियुक्त हुनु भएको छ । 

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. खतिवडालाई नियुक्त गर्नु भएको हो । 

गत चैत २७ मा बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

मुख्यमन्त्री अधिकारीले प्रदेश नीति तथा योजना आयोगको नवनियुक्त उपाध्यक्ष खतिवडालाई मंगलबार पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । 

यस्तै, सोही बैठकले सदस्यमा डा सुवास अधिकारी नियुक्त गरेको छ । सदस्यले भने पद तथा गोपनीयताको शपथ लिएका छैनन् । आयोगका सदस्य अधिकारीको यो चौंथो नियुक्त हो ।


प्रतिक्रिया