काठमाडौँ महानगरमा क्यान्सर रोगको निःशुल्क परीक्षण सुरु

वैशाख ५, २०८१ | काठमाडौं

काठमाडौँ महानगरपालिकाले वडास्तरमा क्यान्सर रोगको निःशुल्क परीक्षण सुरु गरेको छ ।

महिलामा हुने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र प्रजनन स्वस्थ्य सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ ।

क्यान्सरको सुरुवातमै पहिचान गर्न सके रोकथामको सम्भावना रहेकाले वडास्तरीय निःशुल्क शिविर आयोजना गरिएको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताउनुभयो ।

पाठेघरको मुखको क्यान्सर जाँचका क्रममा शुरुवाती चरणमा नमूना संकलन गरिने स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।

प्रजनन क्षमतामका ३० वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक ५ वर्षमा एकपटक क्यान्सरका परीक्षण गराउनु पर्ने चिकित्सकहरले सुझाव दिएका छन् ।

प्रजनन उमेरका महिलालाई आफ्नो वडामा हुने शिविरमा गएर जाँच गराउन महानगरपालिकाले आह्वान गरेको छ । 


प्रतिक्रिया