प्रधानमन्त्री दाहालसँग विपिन जोशीका परिवारको भेट
वैशाख ७, २०८१ | काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् ।
भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्री दाहालसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यसका निम्ति निरन्तर पहल गरिरहेको भन्दै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो ।