सप्तरीको कंचनरुपको दलितबस्तीमा आगलागि, १२ परिवारको २४ घर जलेर नष्ट

वैशाख ९, २०८१ | राजविराज

सप्तरीको कंचनरुप नगरपालिका ५ पडेमारास्थित दलित बस्तीमा आगलागि हुँदा १२ परिवारको २४ वटा घर जलेर नष्ट भएका छन् । स्थानिय लालमोहन सदारको गोठमा बालिएको चुल्होबाट अपरान्ह ३ बजे आगो सल्किएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डीराज न्योपानेका अनुसार आगलागिबाट लालमोहन सरदारको टिनको छाना भएको चारवटा घर, बिजुली सरदारको तीनवटा, आसा सरदार, लालबहादुर सरदार, सुधिर सरदार, बिरबहादुर सरदार, श्यामबहादुर सरदार, रामबहादुर सरदार र बुटु सरदारको दुई–दुईवटा तथा त्रिभुवन सरदार, करण चौधरी र समुन्द्री सरदारको एक–एकवटा गरि २४ वटा घर जलेर नष्ट भएको छ । 

आगलागिमा घरका अतिरिक्त खाधान्न, लताकपडासहित सरसामान जलेर नष्ट हुदा २४ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराज,हनुमाननगर कंकालिनी र कंचनरुप नगरपालिकाको वारुणयन्त्र, स्थानियवासी र नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा साढे ४ वजे आगो नियन्त्रणमा लिईएको थियो । आगलागिमा घरसहित सरसामान जलेर नष्ट हुँदा पीडितहरु समस्यामा परेका छन् ।


प्रतिक्रिया