गैंडाकोटमा आगलागीबाट घर गोठ नष्ट

वैशाख १६, २०८१ | नवलपरासी पूर्व

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ ढोडेनीमा आगलागीबाट एउटा घर र गोठ नष्ट भएको छ । 

आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको गैंडाकोट–३ का वडा अध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । 

गएराति सवा २ बजेतिर लागेको आगो करीब ३ घण्टापछि बिहान साढे ५ बजे निभाइएको प्रहरीले जनाएको छ । 

वडा अध्यक्ष तिवारीका अनुसार स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।


प्रतिक्रिया