विवादित अडियोबारे स्टिङ अपरेशनमा जोडिएका तिमल्सिनालाई बायानकालागि सर्वोच्च बोलाइयो

वैशाख २०, २०८१ | काठमाडौं

सर्वोच्च अदालतले सिधा कुरा डटकमले प्रसारण÷प्रकाशन गरेको सामाग्रीबारे स्टिङ अपरेशनमा जोडिएका भनिएका राजकुमार तिमल्सिनालाई बयानका लागि बोलाएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको इजलासले आज सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेलको बयान लिएपछि ’स्टिङ अप्रेसन’ गर्ने भनिएका तिमल्सिनालाई बयानका लागि बोलाउने आदेश गरेको हो ।

तिमल्सिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि ’स्टिङ अप्रेसन’ गर्ने र सरकारी साक्षी बस्ने लगायतका काममा विगतमा संलग्न भएका व्यक्ति हुन् ।

प्रकाशक कँडेलले बयानका क्रममा अडियोको स्रोत तिमल्सिना भएको भनेपछि सो आदेश आएको हो ।

सिधा कुराका सम्पादक नवीन ढुंगाना र प्रकाशक कँडेललाई अदालतको अवहेलना मुद्दाको बयानका लागि बोलाइएको थियो । कँडेलको मात्रै आज बयान सकिएको छ । ढुंगानालाई भोलि बयानका लागि बोलाइएको छ ।


प्रतिक्रिया