डिभी २०२५ को नतिजा आज सार्वजनिक हुँदै, यसरी सकिन्छ हेर्न

वैशाख २२, २०८१ | काठमाडौं

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज सार्वजनिक हुँदैछ ।

 नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल मार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । 

दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर दूतावासको वेवसाईट  https://dvprogram.state.gov  मा गएर नतिजा हेर्न सक्ने जनाएको छ ।

 डीभीको नतिजा थाहा पाउने यो नै एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।


प्रतिक्रिया