गोरखापत्र दैनिक १ सय २४ वर्षमा प्रवेश

वैशाख २४, २०८१ | काठमाडौं

एसियाकै पुरामध्येको एक गोरखापत्र पत्रिका १ सय २४ वर्षमा प्रवेश गरेको छ ।

विक्रम सम्वत् १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक पत्रिकाका रुपमा प्रकाशित गोरखापत्र विक्रम सम्वत् २०१७ फागुन ७ गतेदेखि दैनिक रुपमा प्रकाशित हुँदै आएको छ ।

गोरखापत्रले समाचार तथा सूचना प्रवाहमा अग्रणी भूमिका खेल्दै नेपाली भाषा, साहित्य, कला, धर्म र संस्कृतिको उन्नयनमा समेत विशिष्ट योगदान गरेको छ । हालका दिनमा गोरखापत्रले ४३ भाषामा सामग्री प्रकाशित गरेर राष्ट्रिय एकता तथा साम्प्रदायिक सद्भावलाई सुदृढ बनाएको छ ।

यसैविच, गोरखापत्र प्रकाशनको प्रारम्भलाई आधार मानेर हरेक वर्ष बैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाईंदै आएको छ । दिवसका अवसरमा आज वरिष्ठ पत्रकार प्रतिक प्रधानसहितका सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।  


प्रतिक्रिया