कान्तिपुरकर्मी अधिकारीलाई एक लाख राशीको प्रादेशिक पुरस्कार

वैशाख २४, २०८१

यस वर्षको प्रादेशिक पत्रकारिता पुरस्कारबाट धनकुटास्थित कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी सहित अग्रज पत्रकारहरु पुरस्कृत भएका छन् । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आज एक लाख राशीको सो पुरस्कार प्रदान गरिएको हो । 

नवौं पत्रकारिता दिवसको अवसरमा सरकारले हरेक वर्ष प्रदेशमा रहि २५ वर्ष बढि पत्रकारिता गर्ने पत्रकारलाई सो पुरस्कार प्रदान गरिदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्री सम्शेर राईले बताउनुभयो । सो अवसरमा अधिकारी सहित पा“च पत्रकार सम्मानित भएका छन् । 

पुरस्कृत हुने अन्य अग्रज पत्रकारहरुमा मोरङका अनन्तराज न्यौपाने, सुनसरीका प्रेमबहादुर (पीवी) दियाली, झापाका भीमबहादुर नेम्वाङ र उदयपुरका महेश्वर चाम्लिङ छन् । तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालादेखि सुरु गरिएको प्रादेशिक पत्रकारिता पुरस्कारबाट हालसम्म २० जना अग्रज पत्रकार सम्मानित भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो । 


प्रतिक्रिया