बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई गृहमन्त्री लामिछानेको पत्र

वैशाख २५, २०८१

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाउनुभएको छ । 

संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका गृहमन्त्री लामिछानेले बजेट अधिवेशनमा बोल्न अनुमति माग्नुभएको हो । 

संसद्मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको लामिछानेको भनाइ छ । 


प्रतिक्रिया