रेडियो कान्तिपुर अन व्हिल्स म्यूजिक रोड शो धरानबाट सुरु

वैशाख २५, २०८१

रेडियो कान्तिपुरको अन व्हिल्स् म्यूजिक रोड शो कार्यक्रम सुनसरीको धरानबाट सुरु भएको छ । सो कार्यक्रम विभिन्न जिल्लाका प्रमुख शहर हुँदै आगामी जेठ १४ गते काठमाडौंमा समापन हुनेछ । रोड शोमा शिव परियार, टीका प्रसाई, विश्व नेपाली, महेश काफ्ले, सुमन कार्की र स्थानीय कलाकारको प्रस्तुति रहनेछ । 

रोड शो यात्रा इटहरी, झापाको दमक र बिर्तामोड, मोरङको विराटनगर, जनकपुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ, कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, सुर्खेत, रुपन्देहीको बुटवल, कास्कीको पोखरा र काठमाण्डौ गरी १५ प्रमुख शहरमा हुनेछ ।


प्रतिक्रिया