राईलाई पार्टीमा फर्किन यादवको आह्वान

वैशाख २६, २०८१

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले अशोक राईलाई पार्टीमा फर्कन आह्वान गर्नु भएको छ । काठमाण्डौंको बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जसपा नेपालका अध्यक्ष यादवले पार्टी विभाजन गरेका नेता सच्चिएर आए बसेर छलफल गर्न तयार रहेको बताउनुभयो ।

सरकारलाई दिएको समर्थन यथावत रहेको र बाँकी कोर्सका बारेमा एक हातले ताली नबज्ने उहाँको भनाई थियो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भ्रम फैलाइएको पनि उहाँले उल्ल्ेख गर्नुभयो ।

कांग्रेससंग मिलेर सरकार बनाउन लागेको भनेर हल्ला फिंजाएको पनि उहाँको भनाई थियो । राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रुपले अगाडि बढीरहेको भन्दै अध्यक्ष यादवले अत्यन्त महत्वाकांक्षी र व्यक्तिगत स्वार्थबाट प्रेरित व्यक्तिले हल्ला चलीरहेका बेला फाइदा उठाउन पार्टी फुटाएको घोषणा गरेको पनि उहाँले उल्लेख गर्नुभयो । गैर कानूनी र असंवैधानिक तवरले पार्टी दर्ता भएको पनि पार्टी अध्यक्ष यादवले बताउनुभयो । 


प्रतिक्रिया