सभामुख घिमिरेद्वारा सुहाङ नेम्वाङको सपथ
वैशाख २६, २०८१ | काठमाडौं
इलाम–२ बाट प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य नेकपा एमालेका सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
सिंहदरवारमा आयोजित एक कार्यक्रमबीच सभामुख देवराज घिमिरेलेनवनिर्वाचितसदस्य सुहाङलाई शपथ गराउनु भएको हो ।
शपथ गराएलगत्तै सांसद सुहाङलाई संसद्को लोगो समेत प्रदान गरिएको संसद् सचिवालयले जनाएको छ । यही बैशाख १५ मा प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेकासुहाङ नेम्बाङ २७ हजार ७ सय ७२ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभयो । एमालेका सुहाङले कंग्रेसका खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले हराउनु भएको हो ।