कर्मचारी अभावमा यारी भन्सारमा ६ महिनादेखि ताला

वैशाख २७, २०८१ | काठमाडौं

हुम्लाको हिल्सास्थित यारी भन्सार कार्यालयमा नियमित कर्मचारी नबस्दा राजस्व संकलन प्रभावित भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका यारी भन्सार कार्यालयमा कर्मचारी नहुँदा विगत ६ महिनादेखि ताला लगाइएको छ ।

भन्सार कार्यालय लामो समयदेखि बन्दा हुँदा राजश्व संकलन प्रभावित बनेको हो । कार्यालयमा कर्मचारी नबस्दा ताक्लाकोटबाट ल्याईएको सामानको भन्सार शुल्क नबुझाई लैजाने क्रम बढेको हिल्सास्थित प्रहरी चौकीले जनाएको छ ।

एक नायब सुब्बा, एक खरिदार र २ जना कार्यालय सहयोगीको दरबन्दी रहेको भएपनि विभागमै काज मिलाएर बस्ने गरेकोले कार्यालय बन्द अवस्थामा रहेको स्थानीयको गुनासो छ । 


प्रतिक्रिया