जलेश्वर नगरपालिका प्रमुखसहित १२ जना विरुद्व भ्रष्टाचार मुद्दा

वैशाख २७, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश शाह सहित १२ जना विरुद्व भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

सो नगरपालिका १ स्थित हाटबजार क्षेत्रमा गरिएको ढलानको काममा बढीको मूल्याङ्कन गराइ रकम भुक्तानी गरेको आरोपमा आयोगले उनीहरु विरुद्व भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो नगरपालिकाका उप–प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा अध्यक्ष अनिल कुमार झा, वरिष्ठ इन्जिनियर पवन कुमार झा लगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मापदण्ड अनुसारको ढलान नभए पनि मापदण्ड पूरा गरेको नापजाँच गराई काम सम्पन्न भएको प्रतिवेदन पेश गरि निमार्ण कम्पनीलाई रकम भुक्तानी गरिएको पाइएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार मुद्धामा ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बिगो समेत उनीहरुबाट माग गरिएको अख्तियारले जनाएको छ ।   


प्रतिक्रिया