बालमन्दिरको जग्गा हिनामिना आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

वैशाख २७, २०८१ | काठमाडौं

काठमाडौंस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । 

सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार जाहेरी दर्तासँगै आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ । 

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।


प्रतिक्रिया