पश्चिम नवलपरासीमा हुन्डाईको एसेम्बलिङ प्लान्ट सञ्चालन

वैशाख २८, २०८१ | काठमाडौं

नवलपरासीको परासीस्थित हुन्डाईको एसेम्बलिङ प्लान्ट सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र हुन्डाई मोटर इन्डिया, लिमिटेडका प्रबन्ध निर्देशक उनसू किमले प्लान्टको आज संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।

कोरियाली कार निर्माता कम्पनी हुन्डाईको नेपालस्थित आधिकारिक विक्रेताका रूपमा रहेको लक्ष्मी ग्रुपले आजैदेखि प्लान्ट सञ्चालनमा ल्याएको हो । ग्रुपले हुन्डाईको ‘भेन्यु’ मोडेलको कार सार्वजनिक गरेको छ ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–६ मा १० बिघामा एसेम्ब्लिङ प्लान्ट बनाइएको हो । प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । 


प्रतिक्रिया