नेपाल टेलिकमलाई थप ५ वर्षको लाइसेन्स

रेडियो कान्तिपुर संवाददाता

वैशाख २८, २०८१ | काठमाडौं

नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्त गरेको छ ।

अनुमतिपत्र खारेज हुने अन्तिम दिन आज नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई पत्र पठाइ ५ वर्षका लागि नयाँ अनुमतिपत्र जारी भएको उल्लेख गरेको छ ।

हाललाई प्राधिकरणले २१ करोड रुपैयाँ दस्तुरसहित लाइसेन्स उपलब्ध गराएको हो । नयाँ लाइसेन्सको अवधि र दस्तुरका विषयमा नीतिगत अन्योल रहँदै आएकोमा प्राधिकरणले हाललाई ५ वर्षको अवधि र २१ करोड रूपैयाँ दस्तुर भनेको हो ।

मन्त्रीपरिषद्को हिजो बसेको बैठकले नेपाल टेलिकमको सो अनुमतिपत्रको २५ वर्षे अवधि आज सकिने भएकाले नयाँ लाइसेन्स दिन प्राधिकरणलाई निर्देशन दिएको थियो ।

नेपाल टेलिकमले २०५६ वैशाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र लिएको थियो । 


प्रतिक्रिया