काँग्रेसले सहकारी छानबिनको माग गरेर गृहमन्त्रीलाई हटाउन खोजेको ओलीको आरोप

वैशाख २८, २०८१ | काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले सहकारी छानबिनको माग गर्नुका पछाडि रवि लामिछानेलाई मन्त्रीबाट हटाउने उद्देश्य रहेकोले त्यसको पक्षमा आफ्नो पार्टी नउभिने बताउनु भएको छ । 

संघीय संसद्को बजेट अधिवेशन सुरू हुनु अघि बसेको एमाले संसदीय दलको बैठकलाईसम्बोधन गर्दै अध्यक्ष ओलीले छानबिन समिति बनाएपछि छानविनमा रहेको व्यक्ति मन्त्रीमा रहन कसरी सक्छ भन्दै प्रतिप्रश्न गर्नुभयो । 

छानबिन समिति बनाइसकेपछि काँग्रेसले राजीनामाको खेल खेल्ने उहाँको भनाई थियो ।  महान्यायाधिवक्ताले समेत कसैको उजुरी नपरेको भनिसकेको अध्यक्ष ओलीले बताउनुभयो ।

 ओलीले उजुरी परेका भरमा छानबिन गर्ने भन्ने नहुने र त्यस्तो प्रतिशोधी राजनीति गर्न पनि नहुने धारणा राख्नुभयो । 


प्रतिक्रिया