१९ तोला सुनसहित लहानबाट २ पक्राउ

फाल्गुन १३, २०७६ | सिरहा

सिरहाको लहान नगरपालिका–१९ छर्रापट्टीबाट प्रहरीले करीब १५ लाख रुपैयाँ बराबरको १९ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लहान नगरपालिका–१९ छर्रापट्टी का २४ वर्षीय मोतीउल रहमान र २१ वर्षीय मोहमद मुर्तुजा छन् । 

काठमाडौं–लहानको खाडी चल्ने ना ४ ख ९३५७ नम्बरको बसबाट ओर्लिई को ३८ प २६३२ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरुलाई २ सय ३३ ग्राम सुन पक्राउ गरेको हो । 


प्रतिक्रिया