ढुंगाले लागेर प्यूठानमा एकको मृत्यु
असार २३, २०७७ | प्यूठान
ढुंगाले लागेर प्यूठानमा एक जनाको मृत्यु भएको छ । माण्डबी गाउँपालिका–१ देवीस्थानका २९ वर्षीय डोरबहादुर कुँवरको ढुंगाले लागेर मृत्यु भएको हो ।
मंगलबार दिउँसो माण्डबी–१ अरङखोला नजिक भालुबाङ–प्यूठान सडकखण्ड किनारमा वृक्षारोपन गर्दै गर्दा सडक माथिबाट आएको ढुंगाले कुँवरलाई लागेको प्रहरीले जनाएको छ ।
ढुंगाले लागेर गम्भीर घाइते भएका कुँवरको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रमाम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।