पोखरीमा डुबेर बालिकाको मृत्यु
असार १, २०७९
सिरहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नरहा गाउँपालिका–३ खोरीयाका मोहम्मद अकबर मियाँका छोरी ११ वर्षीया गुडिया खातुनको आज अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको हो ।
साथीहरुसँग बाख्रा चराउन गएका बेला गाउँ नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेको वडाध्यक्ष मोहम्मद रुस्तम अन्सारीले जानकारी दिनुभयो । घटनाबारे जानकारी पाउनासाथ केही युवाले निकालेर धनगढीमाईस्थित आरके मेडिसीटि अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।