साफ अण्डर १५ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित
आश्विन २२, २०७६ | भुटान
भुटानमा सुरु साफ अण्डर १५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
थिम्पुस्थित चाङलीमिथाङ रगंशालामा आज भएको खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी भारतसंग ४–१ ले पराजित भयो ।
पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खाएको थियो । नेपालका लागि मनमाया दमाईले ६२ औं मिनेटमा एक गोल फर्काईन् ।
आफ्नो दोस्रो खेलमा नेपालले पर्सि बगंलादेशसंग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा स्थान बनाउन नेपाललाई पर्सिको खेल जित्नैपर्ने दबाब छ ।