वुमन च्याम्पियन्स लिगको ईलिमिनेटर खेलमा काटमाडौँ र विराटनगर भिड्दै
कार्तिक ५, २०७६ | काठमाडौं
- काठमाण्डौमा जारी वुमन च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएलको ईलिमिनेटर खेलमा आज क्याट क्विन्स काठमाण्डौ र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ । फाईनल प्रबेशको लक्ष्यसहित यी २ टोली एक अर्काबिरुद्ध प्रतिस्पर्धामा उत्रनेछन् ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे खेल सुरु हुनेछ । विराटनगरलाई समुहचरणमा भोगेको हारको बदला लिदै उपाधि यात्रा तय गर्न अवसर मिलेको छ । काठमाण्डौलाई भने जितको श्रृखला जारी राख्ने चुनौती रहेको छ । तालिकाको दोस्रो स्थानमा रहेको काठमाण्डौ र तेस्रो स्थानको विराटनगरबिच एलिमिनेटर खेल हुन लागेको हो ।
खेलको विजेताले उपाधिका लागि चितवन राईनोजसंग प्रतिस्पर्धा गर्नेछ । क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको प्रतियोगितामा फ्रेन्चाईज ५ टोली सहभागी छन् ।