१६ औ संस्करणको भीमनारायण गोल्डकप भोलिबाट सुरु हुने

वैशाख २२, २०८१ | काठमाडौं

धनकुटाको तल्लो टुडिखेलमा १६ औ संस्करणको सहिद भीमानारायण गोल्डकप फुटबल भोलिबाट सुरु हुने भएको छ ।

प्रतियोगितामा ए डिभिजन क्लब सहित ८ टिम सहभागि हुनेछन् । सो प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, फोर स्टार क्लब, त्रिभुवन आर्मी क्लब र विर्तामोड युनाईटेड क्लबको सहभागिता रहने आयोजक शहीद भीमनारयण श्रेष्ठ स्मृति प्रतिष्ठानले जनाएको छ ।

यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब, आयोजक धनकुटा, सल्हेस युथ क्लब सिराहा सहभागी हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले बताउनुभयो ।

प्रतियोगिता बिजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेे आयोजकले जनाएको छ । 


प्रतिक्रिया