पेरिस सेन्ट जर्मन (पिएसजी) र बोरुसिया डर्टमन्डबीच प्रतिस्पर्धा हुँदै

वैशाख २५, २०८१

च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा आज राति पेरिस सेन्ट जर्मन (पिएसजी) र बोरुसिया डर्टमन्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राती पौने एक बजे पिएसजीको घरेलु मैदानमा हुनेछ । पहिलो लेगमा जर्मन क्लव डर्टमण्डले पिएसजीविरुद्ध १–० को अग्रता लिएको थियो । 

दुई टोलीबीचको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । रियल र बायर्नबीचको दोस्रो लेग भोलि राति हुनेछ । दुई टोली बीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । 


प्रतिक्रिया