रियल म्याड्रिड च्याम्पियनस लिगको फाइनलमा

वैशाख २७, २०८१ | काठमाडौं

बायर्न म्युनिखलाई पराजित गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले पाहुना टोली बायर्न म्युनिखलाई २–१ गोल अन्तरले हराएको हो । 

एक गोलले पछि परेको म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै उपाधि यात्रा तय गरेको हो । यो जितसँगै म्याड्रिडले समग्रमा ४–३ को अग्रता बनाएको छ ।

इङ्ल्यान्डका कप्तान ह्यारी केनको पासमा एलफोन्सो डेभिसले खेलको ६८ औं मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए । 

घरेलु टोलीका लागि जोसेलुले खेलको ८८ औं मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफको अतिरिक्त समयमा जोसेलुले अर्को गोल थप्दै म्याड्रिडको फाइनल यात्रा सुनिश्चित गरे । 

कीर्तिमान १४ पटकको विजेता म्याड्रिडले अब फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछ । च्याम्पियन्स लिगको फाइनल खेल भने आगामी जुन १ मा वेम्बली स्टेडियममा हुनेछ ।


प्रतिक्रिया