प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि
- काठमाडौंप्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय गरी ९ टोलीले प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
प्रतियोगिताका सबै खेल कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साबिक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश छन् ।
समूह ‘बी’ मा गत वर्षको उपविजेता कोशी प्रदेशसहित त्रिभुवन आर्मी, बागमती र मधेश प्रदेश छन् । त्रिभुवन आर्मी क्लबको महिला टोलीले यसै प्रतियोगिताबाट डेब्यू गर्दैछ । फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा अहिले सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुँदैछ ।
यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली प्रदेशले साविक विजेता एपीएफ क्लबको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ ।
समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछ भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ । सुपर फोरमा एक समूहले अर्को समूहको शीर्ष दुई टोलीसँग खेलेपछि शीर्ष स्थानमा रहने दुई टोली फाइनल पुग्नेछ ।
महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी टोली :
महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका :