अन्तराष्ट्रिय फुटबलमा गोल गर्ने नेपाली खेलाडीको सूचिमा सावित्रा अग्रंपक्तिमा

फाल्गुन १५, २०८० | काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोलको कोशेढुंगा पार गरेकी छन् । साउदी अरेबियामा जारी पश्चिमएशिया फुटबल एसोसिएसनवाफच्याम्पियनसिपअन्तर्गत इराकविरुद्धको खेलमा ह्याट्रिकसहित ५ गोल गरेपछि साम्बाले राष्ट्रिय टोलीकालागि ५० औँ अन्तराष्ट्रिय गोल गरेकीहुन् । उनले राष्ट्रिय टोलीकालागि खेलेको अफिसियल ४९ खेलमा ५० गोल पूरा गरेकीहुन् । यो सँगै अन्तर्राष्ट्रिय फुटबलमा नेपालकालागि ५० गोल गर्ने साम्बापहिलो नेपालीखेलाडी समेत बनेकी छन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल गर्ने पहिलो खेलाडीमा आफूलाई स्थापित गरिन् । अन्तर्राष्ट्रिय ५० गोलको आँकडा पूरा गरेपछि साम्बाले केही दिन अघि सामाजिक सञ्जाल इन्सटाग्राम मार्फत सबैलाई धन्यवाद दिएकी थिइन् ।

लमजुङको सिम्पानी–७ पाम्चोकमा जन्मिएकी साम्बाले सन् २०१४ मा विभागीय टीम एपीएफ क्लबसँग सम्झौता गरिन् । सोही वर्ष पाकिस्तानमा आयोजित महिला साफ च्याम्पियनसीप खेल्दै राष्ट्रिय टोलीमा स्थान बनाएकी उनले भारत र माल्दिभ्सको व्यावसायिक लिगमा पाएको एक्सपोजरबाट युरोपेली लिगको ढोका खोल्न सफल भईन् । आई लिको एक सिजन सेथु क्लबबाट खेलेकी साम्बाले त्यसपछि गोकुलम केरलाबाट दुई पटक खेलिन् । लगातार तीन सिजन आई लिग खेलेकी उनी सर्वाधिक गोलकर्ता पनि भइन् ।

एसियाली देश इजरायलको शीर्ष डिभिजन लिगाड नसिमको क्लब हापोयल रानानाबाट साम्बाले युरोपको मथिल्लो डिभिजन खेलेकी हुन् ।

 फुटबल प्रशंसकहरु सावित्रालाई साम्बाको नामबाट बढी चिन्छन् । सहकर्मीहरुले लामो नाम छोट्याएर साम्बा राखिदिएका हुन् । अहिले यही नाम यिनलाई सुहाएको छ । 

गोलमेसिनको पहिचान बनाएकी साम्बा महिला फुटबलरको रुपमा मात्रै नभई नेपालकै फुटबलरमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा पर्छिन् । पुरुष खेलाडीको तुलनामा कुरा गर्ने हो भने साम्बाले गरेको गोल उनीहरुले गरेको भन्दा तीन गुणा बढी छ । पुरुषतर्फ सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हरि खड्का, निराजन रायमाझी र अन्जन विष्ट छन् । उनीहरुको नाममा समान १३÷१३ गोल छ ।

फुटबल जीवनको सुरुबाटै युरोपमा खेल्ने सपना बुनेकी साम्बाको सपना मात्रै होइन यतिखेर नेपाली फुटबल कै सपनाले पनि ठोस आकार लिए जस्तो भएको छ ।

राष्ट्रिय महिला लिगका दौरान २०७७ सालमा नेपाल पुलिस क्लब विरुद्धको खेलमा उनको घुँडामा गम्भिर चोट लाग्यो । कतारमा शल्यक्रिया गराएर १३ महिना मैदान बाहिर रहेकी साम्बाले उत्कृष्ट पुनरागमन गर्दै आफ्नो लय कायम राखिन् । हाल फ्रान्सेली शीर्ष क्लब एभ एभान्टा गुएङ ग्याम्पमा आवद्ध उनी वाफका लागि उतैबाट साउदी पुगेकी थिइन् । 

पहिलो खेलमा सिरियाविरुद्ध १ गोल गरेकी साम्बाले इराकसँगको दोस्रो खेलमा ५ गोल गर्दै ५० गोलको कोशेढुंगा चुमिन् । प्यालेस्टाइनसँग समुह चरणको अन्तिम खेलमा पनि नेपाल ४–० ले विजयी भयो । सो खेलमा साम्बाले व्यक्तिगत २ गोल गरिन् । रेखा पौडेल र गीता रानाले १–१ गोल गरे । अब नेपालले सेमिफाइनलमा समूह एको उपविजेता लेबनानसँग प्रतिस्पर्धा गर्दा फेरि पनि साम्बाबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ । 


प्रतिक्रिया