‘एसेम्बल उद्योगप्रति व्यवसायीको आकर्षण, कच्चा सामग्री विदेशबाटै आयात गर्नुपर्ने बाध्यता भने हटेन’

वैशाख २५, २०८१

सरकारले कम्पनी स्थापनामा सहजीकरण गरेसंगै एसेम्बल उद्योग प्रति व्यवसायीहरुको आकर्षण बढ्दै गएको छ। एसेम्बल उद्योगको सञ्चालनका लागि सरकारले अन्तशुल्क, भन्सारलगायतमा छुट लगायतका सुविधा दिएको छ । आयतमा निर्भर सवारीसाधनहरु विस्तारै स्वदेशमै उत्पादन हुने क्रम शुरु भएकोछ । यद्यपी कच्चा सामाग्री विदेशबाटै आयत गर्नुपर्दा उपभोक्ता बजारमा भने तात्विक भिन्नता आउन सकेको छैन । एसेम्बल उद्योगको प्रवद्र्धन गर्नका लागि केही सहुलियत दिएपनि पर्याप्त नभएकाले आत्मनिर्भरको चुनौती भने कायमै छ ।

उद्योग विभागका अनुसार दुइपाङग्रे सवारी उत्पादन गर्ने एसेम्बल उद्योग २१,तीन पाङग्रे १९, र चार पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग १७ वटा दर्ता भएका छन् । पछिल्लो केही वर्षयता सरकारले एसेम्बल उद्योगहरुलाई अन्तशुल्क, भन्सार लगायतमा छुट सुविधा दिएपछि स्वदेशमै एसेम्बल गर्ने उद्योगको संख्या बढ्दो क्रममा छ । सरकारले नीतिमा केही सहजीकरण गरेपछि स्वदेशमा एसेम्बल उद्योग खुल्ने क्रम बढेको अल्फा अटोमेटिभ प्रा लिका निर्देशक मेगराज पौडेलले बताउनुभयो । बजारमा चलेका बजाज, टीभीएस, यामाहा, सुजुकी, हिरो, होन्डा, रोयल इनफिल्डलगायत ब्रान्डका दुईपांग्रे सवारीसाधन स्वदेशमै उत्पादन शुरु भएको हो । अटो उद्योगका लागि स्वर्णिम युग शुरु भएको निर्देशक पौडेल बताउँनुभयो ।

“सरकारले एसेम्बल उद्योग गर्ने कम्पनिलाई सौलियत दिएकोले उद्योगीहरु प्रेरित भएकाले गर्दा एसेम्बल उद्योग तर्फ आकर्षण बढेको हो। अहिले एसेम्बल उद्योगबाट सुरु गरेर निकट भविष्यमा नेपालमा प्लान्ट स्थापनाको एउटा प्रस्थानबिन्दु रहेको उहाँको भनाई छ । ”

सवारी साधनहरु स्वदेशमै उत्पादन शुरु भएपनि उपभोक्ता बजारमा भने तात्विक भिन्नता आईसकेको छैन । यद्यपी आन्तरिक रोजगारी सिजर्ना, बजार व्यवस्थापन एवं माग अनुसारको आपूर्ति गर्न भने सहजीकरण हुने उद्योगहीहरुले बताएका छन । एसेम्बल उद्योग बढ्दै जाँदा रोजगारीको सृजना एवंम निर्यातको समेत वातावरण बन्न सक्ने नाडा अटोमोबाईल्स एसोसिएसनका पुर्व अध्यक्ष धुर्व थापाको तर्कछ । एसेम्बल उद्योग स्थापना भएपछि यसका लागि आवश्यक अन्य सामाग्री पनि स्वदेशमै उत्पान गर्न सकिने पूर्वअध्यक्ष थापाले बताउनुभयो ।

बिस्तारै एसेम्बल उद्योगहरु खोले पछि नेपालमा ब्याट्री टायर , सिट उद्योगहरु खोल्न सुरु हुँदा यसले अटोमोबाईल्स क्षेत्रलाई सकरात्मक उर्जा प्रदान गर्ने थापाको भनाई छ ।

उद्योग सँग सम्बन्धीत कच्चा पदार्थको उत्पादन एवंम रोजगारीको वातावरण बन्दा एसेम्बल उद्योग फस्टाउन सकिने व्यवसायीको अपेक्षा छ । अटो क्षेत्रसंगै अन्य अन्तराष्ट्रिय कम्पनीका उत्पादनहरुको पनि एसेम्बल गर्न सकिने सरोकारवाला बताउछन । सूचनाप्रविधिको विकाससंगै प्रविधि हस्तान्तरण मार्फत ल्यापटप, मोबाईल विद्युतीय चुल्हो लगायत अन्य उपकरणहरुका लागि पनि पहल जरुरी रहेको त्रिभुवन विश्वविद्यालय अन्तगर्त अर्थशास्त्र विभाका प्रमुख एवं अर्थविद डा रेशम थापाले बताउनुभयो । उद्योगहरुको प्रवद्र्धन गर्नका निम्ती सरकारले २० वर्ष सम्म स्थिर नीति एवं दिगो अर्थतन्त्रको खाका कोर्नुपर्ने थापाको तर्क छ ।

बिजुलीको उपलबधता बढ्दै गएकाले सो उद्योगहरु फस्टाउने उहाँले बताउनुभयो सरकारले दीर्घकालनी नीतिगत सधार गरेर अघि बढ्नुपर्ने अर्थविद थापाले औलाउनुभयो । यस्ता उद्योगहरुले तत्काल मुलुकको अर्थतन्त्रमा परिणाम नदिएपनि भविष्यमा यस क्षेत्रबाट मुलुकको विकासको लागि सघाउ पुर्याउने अर्थविद थापाको दावी छ ।

विज्ञका अनुसार एसेम्बल उद्योगहरुले पुर्ण रुपमा उत्पादन गर्न सकेमा आयत प्रतिस्थापनलाई मद्धत सँगै भारत र चीनमा पनि निर्यात गर्न प्रचुर सम्भावना छ । एसेम्बल उद्योगको प्रवद्र्धन गर्न सकिएमा निर्यातको एउटा प्रमुख वस्तु बन्ने निश्चित छ । तर त्यसका लागि सरकारले विशेष रणनीतिको आवश्यक छ जुन अहिले सम्म हुन नसकेको पुर्व उद्योग सचिव चन्द« घिमिरेले बताउनुभयो । सरकारले अन्तशुल्क, भन्सारलगायतमा छुट सुविधा दिएपनि स्वदेशमा एसेम्बल उद्योगको लागि लगानी पर्याप्त छैन् । पछिल्लो केही वर्ष यता ऐसेम्बल उद्योगहरु सञ्चालनमा आएपनि सो उद्योगहरुको लागत कम गर्न नीतिगत सुधार गर्नुपर्नेतर्फ सरकार अग्रसर हुनुपर्नेबारे उहाँले बताउनुभयो ।

एसेम्बल उद्योगका लागि जमिन ,वातावरण लगायत अन्य नीतिहरुमा उद्धारपना भएमा यसको लागत कम हुन्छ र प्रतिस्पर्धि हुन आउने पुर्व सचिव घिमिरेको भनाई छ ।

विभागका अनुसार हाल सम्म ११ अर्ब ९१ करोड २७ लाख रुपैयाँ एसेम्बल उद्योगमा लगानी भईसकेको छ । जसमा स्वदेशी लगानीकर्ताको ११ अर्ब ४७ करोड २२ लाख तथा विदेशी ५३ करोड ५ लाख रुपैयाँ लगानी भएको छ । यस्तै प्रत्यक्ष ,अप्रत्यक्ष गरी २ हजार ५ सय ८ जनाले राजगारी पाएका छन् । एसेम्बल उद्योगको क्षेत्र झागिदै जाँदा सरकारले यो क्षेत्रमा नीतिगत सुधार एवं आम उपभोक्तालाई सर्वसुलभ हुने खालको नीतिको अख्तियार गर्न अपरिहार्य देखिएको छ । 


प्रतिक्रिया