कोभिड १९ को नयाँ सब भेरियन्ट देखिएकाले सर्तक हुन स्वास्थ्य संस्थालाई मन्त्रालयको आग्रह

पुस २५, २०८० | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ सब भेरियन्ट जेएन वान नेपालमा देखिएपछि स्वास्थ्य संस्थालाई तयारी रहन निर्देशन दिएको छ ।

 पछिल्लो समय भारत र चीन सहित विश्वका विभिन्न देशमा देखिएको कोभिड १९ को सब भेरियन्ट नेपालमा पनि देखिएकाले स्थानीय तहका स्वास्थ्य चौकी , जिल्ला अस्पताल , सामुदायिक अस्पताल तथा अन्य स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

 मन्त्रालयका अनुसार, कोभिडको नयाँ भेरियन्ट काठमाडौं, पोखरा र चितवनलगायत स्थानमा जेएन डट वान देखिएको छ । 

भारत र चीनका सिमावर्ती क्षेत्रहरु नजिकका नाकाहरुबाट संकलन गरेका नमुनामा भने हालसम्म नयाँ भेरियन्ट देखिएको छैन । 


प्रतिक्रिया